दफा २१
उत्पादित विद्युतको विक्री

(१) कसैले यस ऐन बमोजिम उत्पादन गरेको विद्युत एकमुष्ट विक्री गर्न चाहेमा राष्ट्रिय ग्रिडमा समावेश हुने गरी नेपाल सरकारले खरिद गर्न गराउन सक्नेछ ।

“(२) उपदफा (१) बमोजिम खरिद गरिने विद्युतको खरिद दर विद्युत नियमन आयोगले निर्धारण गरे बमोजिम हुनेछ।”

(३) उपदफा (२) बमोजिम विद्युतको खरिद दर निर्धारण गर्दा सम्पूर्ण लगानी औसत पच्चीस वर्षमा फिर्ता हुने गरी ह्रास कट्टीको हिसाब गरिनेछ ।